Logo
Logo

पाकिस्तानमा पनि बढ्दै कोरोना संक्रमित


- दृष्टि न्युज/संवाददाता


इस्लामावाद, १३ जेठ (सिन्ह्वा) । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५७ हजार ७०५ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ३६५ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा संक्रमित मध्येका १ हजार १९७ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । पाकिस्तानमा सोमबार मात्र ३० जना संक्रमितको ज्यान गएको छ ।
पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।
संक्रमितहरुमध्ये १८ हजार ३१४ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३८ हजार १९४ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन्

प्रतिक्रिया दिनुहोस्