Logo
Logo

रास्वपा उपसभापति अर्यालले भेटे गृहमन्त्री


1.6k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोल प्रसाद (डिपी) अर्यालबिच भेटवार्ता भएको छ ।

उनीहरुबीच सोमबार साँझ साढे ६ बजेतिर भेट भएको हो । भेटका क्रममा रास्वपाको जारी आन्दोलन लगायत समसामयिक विषयमा कुराकानी भएको उपसभापति अर्यालले बताए ।

सहकारी बचत अपचलनमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ । रास्वपाले आन्दोलनको कमान्डर पनि अर्याललाई बनाएको छ ।

उसले सरकारले प्रतिशोध राखेर आफ्ना सभापति पक्राउ गरिएको आरोप लगाउँदै आएको छ । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्