Logo
Logo

प्रधानमन्त्री र रास्वपा नेताहरुबीच भेट, के-के भयो कुराकानी ?


22.1k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।

सोमबार साझँ अर्याल र परियारले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका हुन्। उक्त भेटमा उपसभापति अर्यालले आफ्ना सभापति रवि लामिछानेमाथि प्रतिशोध साधिएको भन्दै गुनासो गरेका थिए ।

ओलीलाई अर्यालले सरकारबाट हुने न्यायोचित छानबिनमा आफ्नो साथ रहने भन्दै प्रहरीबाट लामिछानेमाथि कडा व्यवहार भएको सुनाए । अर्याल र परियारले प्रधानमन्त्री ओलीलाई भेट्दै सहकारी ठगी प्रकरण निकै बृहत् विषय भए पनि पार्टी सभापति लामिछाने मात्रै मुख्य जिम्मेवार भएको जस्तो गरी सरकारले व्यवहार गरेको बताए ।

उक्त भेटमा उनीहरुले सरकारलाई आफूहरुमाथि प्रतिशोध नसाध्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले चितवनमा आफ्नो पुतला जलेको विषयमा कटाक्ष र व्यंग्य गर्दै वैकल्पिक शक्तिबाट खासै नयाँ पारा नआएको टिप्पणी गरे ।

‘मैले त सुरुमा नबनाउँ भनेको समिति पनि बन्यो, त्यहाँ तपाईंकै सांसद पनि थिए । कि त आफ्नै सांसद पनि रविजीप्रति पूर्वाग्रही भए भन्नुपर्‍यो, होइन भने सरकारले त प्रतिवेदन कार्यान्वयन गर्न बाध्य छ त ? किन प्रतिशोध भन्नुपर्‍यो ?’, ओलीले अर्याललाई भने ।

त्यस्तै, उपसभापति अर्यालले गृहमन्त्री रमेश लेखकसँग पनि भेट गरेका छन् । गृहमन्त्री लेखकसँग अर्यालले एक्लै सिंहदरबार पुगेर भेटेका थिए । अर्यालले गृहमन्त्रीसँगको भेटवार्ता मङ्गलबारको आन्दोलन र शान्तिसुरक्षाबारे केन्द्रित भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्