बुटवल । राजस्व छली गरी ल्याएको साढे २९ तोला बढी सुनसहित दुई जना पक्राउ परेका छन् । सोमबार राति पश्चिमबाट पूर्व जाँदै गरेको लु.२ ख.६५४२ नम्बरको बसमा खानतलासी गर्दा साढे २९ तोला बढी सुन बरामद गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
खानतलासी गर्दा बसका कण्डक्टर कपिलवस्तुको वाणगंगा नगरपालिका-८ बस्ने वर्ष ३३ को अकबर अलि मिया सुनसहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
२९ तोला ५८.१ लाल तौलको उक्त सुनको बजार मूल्य ४९ लाख ५४ हजार ८१७ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । प्रहरीले मियासहित अर्घाखाँची सुनचादी पसलका सञ्चालक सन्तोष सुनार समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको छ ।