Logo
Logo

सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन


567
Shares

काठमाडौं । सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले लम्सालको नाम अनुमोदन गरेको हो । समितिले लम्सालको नाम अनुमोदन गरेसँगै अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।

यसअघि आजको बैठकमा लम्सालले आफ्नो कार्ययोजना पेस गरेकी छन् । कार्ययोजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्