काठमाडौं । मंलबार निधन भएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैंजूको अन्तिम संस्कार कातिक १६ गते अर्थात शुक्रबार पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा गरिने भएको छ ।
अन्तिम संस्कार गर्नुअगाडि उक्त दिन २ बजेसम्म विद्युतीय शव दाहगृह प्रांगणमा डा. सैंजूको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि राखिने उनका परिवारिक स्रोतले जनाएको छ ।
डा. सैंजूको मंगलबार अपरान्ह ५ बजे ललितपुरको सानेपास्थित आफ्नै निवासमा निधन भएको थियो । अहिले उनको पार्थिव शरीरलाई सानेपास्थित स्टार अस्पतालमा राखिएको छ । उनी लामो समयदेखि अस्वथ्य थिए ।