बुटवल । अर्घाखाँचीमा आइतबार आज साँझ भारतीय कार दुर्घटनामा भएको छ ।

प्रहरीका अनुसार न्धिखर्क नगरपालिका-११ ढुङ्गेदेउरालीस्थित भित्री सडक खण्डमा खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर५५एयू८७९३ नम्बरको भारतीय अनियन्त्रित भई बाटोबाट ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनाबाट गाडी पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । एक जनाको उद्धार भएपनि अन्यको उद्धार गर्न समस्या भइरहेको छ ।














