Logo
Logo

नेकपाद्वारा पूर्वअर्थमन्त्री अधिकारीको स्वास्थ्यलाभको कामना


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी अधिकारीको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

फाइल तस्बिर

माघ २ गते मुटु, श्वासप्रश्वास र छातीको संक्रमण भएपछि अधिकारीको उपचार अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा भइरहेको छ । अधिकारीको गत बुधबारदेखि सघन उपचारकक्षमा राखेर उपचार भइरहेको छ । ८२ वर्षीय अधिकारीले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, तत्कालीन नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएर सरकार र पार्टीका विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्