Logo
Logo

सिन्धुलीमा शिक्षकमाथि गोली प्रहार


1.8k
Shares

हेटौंडा । मकवानपुरका एक शिक्षकमाथि गोली प्रहार भएको छ । मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ घर भएका प्रेमबहादुर बम्जनमाथि घर फर्कने क्रममा ३ जनाको अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

उनलाई सिन्धुलीको हरिहरिपुरगढी गाउँपालिका–६, स्थित सिन्धुली–सर्लाही–कर्मैया सडक खण्डमा उनीमाथि गोली प्रहार भएको हो ।

जंगलमा लुटेराहरूले लुकेर गोली प्रहार गरेको बताइएको छ । घाइतेलाई तत्काल उद्धार गरी सर्लाहीको बागमतीस्थित बागमती मोडल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बारा रिफर गरिएको प्रहरीले जनाएको छ ।

बोम्जन रौतहटको गैयाटार स्थित आफन्तको घरबाट बागमती–झनझने सडक हुँदै ना ४० प ६६४६ नम्बरको मोटरसाइकलमा घर फर्कंदै थिए । सो क्रममा ३÷४ जनाको समूहले आक्रमण गरेको प्रहरीको भनाई छ ।

उनी मकवानपुरको बकैया गाउँपालिका स्थित बुद्ध माध्यामिक विद्यालय हात्तीसुँडेका प्रधानाध्यापक हुन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल खड्काले जानकारी दिए।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000