Logo
Logo

सन्राइज बैंकका कर्मचारीलाई कोभिड–१९ बीमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ जेठ । कोरोना भाइरसले देशव्यापी माहामारीको रुप लिइरहेको अवस्थामा सन्राइज बैंक लिमिटेडल कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दैे बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्डलगायत कर्मचारीको कोभिड–१९ बीमा गराएको छ ।

कोभिड–१९ बीमाअन्तर्गत प्रत्येक कर्मचारीहरुको रु १ लाख बराबरको सामूहिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमार्पmत गरिएको छ । बीमा लेख सम्झौताअनुसार बैंकको कर्मचारीमा कोभिड–१९ पोजिटिभ देखिइ संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ । यस बीमा सम्भैmाताले कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीलाई आर्थिक राहत मिल्ने बैंकको विश्वास छ ।

बैंकले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सम्पूर्ण कर्मचारीलाई मास्क, पञ्जा, स्यानिटाइजरजस्ता अति आवश्यक सुरक्षा सामग्रीसमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्