Logo
Logo

भारतबाट आएका पैदलयात्राबाट सिधै घर, अस्तव्यस्त क्वारेन्टाइन


- नन्दा थापा. दृष्टि न्युज/संवाददाता


बाजुरा १७ जेठ । भारतबाट जिल्लामा भित्रिनको संख्या बढेसँगै जिल्लाका क्वारेनटाइन अस्तब्यस्त बन्न पुगेका छन् । क्वारेनटाइनको ब्यबस्थापन कमजोर भएकाले कोही घर जाने कोही घरपरिवारको घुलमिलमा आउने गरेको पाइएको छ ।

फाइल तस्बिर

बुढिगंगा–७ बस्ने राकेश बिष्ट भारतबाट उनका श्रीमतीसहित आएको भए पनि उनी क्वारेनटाइनमा नबसेर सिधै घर गएको स्थानिय दीपक बिष्टले बताएका छन् । उनको परिवार मात्र नभइ भारतबाट आएका अन्य परिवार पनि सिधै घरपरिवावरमा घुलमिल हुने गरेको पाइएको विष्टले जानकारी दिनुभएको छ ।

जिल्लाका ९ वटा स्थानिय तहका ७६ वटा क्वारेनटाइनमा १ हजार ७ सय ७८ जना बसिरहेका छन् । भारत बाट जिल्लामा आउनेको संख्या बढेपछि क्वारेनटाइनमा बस्नेको संख्या पनि बढेको जिल्ला समन्वय समिति संयोजक नरेन्द्रकुमार रोकायाले बताउनु भएको छ । उहाँले पछिल्लो दिनहरुमा भारत अथवा देशकै अन्य शहरबाट जिल्लामा भित्रीनेको सख्या ह्वात्तै बढेपछि व्यवस्थापन गर्नै गाह्रो भएको बताउनु भएको छ । अहिले भारतबाट आउनेको संख्या दिनदिनै बढ्दै गएपछि धनगढीबाट बसमा आएका मार्तडीमा बजारमा ओर्लिने र पैदल यात्रामै गन्तव्य लाग्ने गरेका छन् ।

भारतबाट आएकाहरुलाई जीपचालकहरुले माथिल्लो क्षेत्रमा जाने यात्रुलाई बोक्न नमान्दा पैदल यात्रामै हिड्नु परेको भारतबाट आएकाहरुले बताउने गरेका छ । यता सवारी चालकहरुले आफुहरुसंग सुरक्षित रहने स्वाथ्य सामाग्री नहुदा यात्रु बोक्न नसेको बताउने गरेका छन् । सवारी चालकहरुले यहि यात्रुलाई ओसारपसार गरिहाले पनि उनीलाई बस्न र खान होटलमै आउने पर्ने हुदा समस्या भएको बताएका छन् ।

क्वारेनटाइनमा २ सय २५ जना महिला र १२ सय २३ जना पुरुष त्यस्तै १ सय २८ जना वालवालिका रहेका छन् । अहिले क्वारेनटाइनमा बसेका अधिकांश भारत बाट आएर बसेका जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । १४ दिन क्वारेन्टाइनमा राखेर परिक्षण पछि घर पठाउने रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले वताएका छन् ।

क्वारेनटाइनमा बस्नेको नियमित चेकजाँच गर्नुपर्ने भएपनि स्वास्थ्यकर्मीको ब्यबस्थापन नगरेको पाईएको छ । चिकित्सकको अनिवार्य निगरानिमा हुनुपर्ने भएपनि बाजुराको कुनै पनि क्वारेनटाइन चिकित्सकको निगरानि नभएको पाइएको छ ।

क्वारेनटाइनको ब्यबस्थापन कमजोर भएकाले अजा एकजना क्वारेनटाइनमा बाट भागेर गाउँ गएका युवालाई गाउँलेहरुले गाउँ पस्न नदिएर उल्टै उनि माथि ढुङ्गामुढा प्रहार गरेका छन् । खप्तडछेडेदह गाउँपालिका २ मालिका माबि ग्रान्जा क्वारेनटाइन बाट भागेर गाउँ पुगेका २५ बर्षिय बिरजेत बुढाले गाउँलले गाउँ पस्न नदिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख टंक प्रसाद भट्टराइले वताएका छन् ।

बुधवार भारत बाट आएर क्वारेनटाइनमा बसेका ती युवा भागेर गाउँ पुगेका थिए । गाउँलले उल्टै उनि माथि ढुङ्गामुढा प्रहार गरेर पस्न नदिएपछि फेरी क्वारेनटाइन गएका छन् । गाउँलेको प्रहार बाट सामान्य घाइते भएका छन् । ७६ क्वारेनटाइन मध्ये अधिकांशमा सामान्य ब्यबस्थापन पनि नभएको पाईएको छ । अर्को क्वारेनटाइनको कुनै पक्ष बाट पनि अनुगमन नभएको पाईएको छ । सम्बन्धित स्थानिय तह, जिल्ला समन्वय समिति जिल्ला प्रशासन लगायत निकायहरुले अनुगमन गर्नुपर्ने भएपनि कसैले अनुगमन नगरेको क्वारेनटाइनमा बसिरहेकाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्