Logo
Logo

बाजुरालाई दुई अर्ब ४१ करोड ३८ लाख बजेट, बुढीगंगामा सबैभन्दा बढी


- दृष्टि न्युज/संवाददाता


नन्दा थापा, जेठ १८ बाजुरा । जिल्लाका नौ वटा स्थानीय तहका लागि संघिय सरकारबाट २ अर्व ४१ करोड ३८ लाख रुपैया छुट्याएको छ । आर्थिक वर्ष ०७७।०७८ का लागि जिल्लाका नौ वटा स्थानीय तह मध्ये चार वटा नगरपालिका र पाँच वटा गाउँपालिकाले २ अर्व ४१ करोड ३८ लाख बजेट पाउने भएका छन् ।

जसमध्ये चार वटा स्थानीय तहले १ अर्व १९ करोड ४१ लाख नगरपालिका र १ अर्व २१ करोड ९७ लाख पाँच वटा गाउँपालिकाले पाउने छन् । बजेट पाँउने भएका छन् । नौ वटा स्थानीय तह मध्ये सबैभन्दा बढी ३४ करोड ९४ लाख बुढीगंगा नगरपालिका र सबैभन्दा कम हिमाली गाउँपालिका १९ करोड ७३ लाख बजेट पाउने भएका छन् ।

खप्तड छेडेदह गाउँपालिकाले बुढीगंगा नगरपालिका पछि ३० करोड ३२ लाख बजेट प्राप्त गर्ने भएको छ । त्रिवेणी, बडिमालिका र बुढीनन्दा नगरपालिकाले भने खप्तड छेडेदह गाउँपालिकाको भन्दा कम बजेट प्राप्त गरेका छन् ।

यो वर्ष बुढीनन्दा नगरपालिकाले २८ करोड ७१ लाख, त्रिवेणी नगरपालिकाले २८ करोड २ लाख, बडिमालिका नगरपालिकाले २७ करोड ७४ लाख बजेट प्राप्त गर्ने भएका छन् । यस्तै स्वामिकात्र्तिक गाउँपालिकाले २७ करोड ५६ लाख, गौमुल गाउँपालिकाले २३ करोड ७७ लाख, जगन्नाथ गाउँपालिकाले २० करोड ५९ लाख बजेट पाउने भएका छन् ।

स्थानीय तहले जनसंख्याको आधारमा बजेट प्राप्त गरेका छन् । कार्य सम्पादन, जनसंख्या र भूगोल लगायतका विषयलाई आधार बनाएर राज्यले बजेट दिने गरेको छ । जिल्लाको हकमा यस अघि नगरपालिका भन्दा बढी गाउँपालिकाले बजेट पाएको अवस्था थिएन् । यो वर्ष खप्तड छेडेदह गाउँपालिकाले बुढीगंगा नगरपालिका पछि बजेट प्राप्त गरेको छ ।

बुढीगंगाले स्वास्थ्यकर्मी र कर्मचारीको एक लाख बराबरको बीमा

बुढीगंगा नगरपालिकाले स्वास्थ्य कर्मी र कर्मचारीका लागि एक लाख बराबरको विमा सुुविधा दिने निर्णय गरेको छ । कोरोना विरुद्धको अभियानमा जुटिरहेका स्वास्थ्य कर्मी र नगर भित्र परिचालित कर्मचारीका लागि १ लाख बराबरको विमा गरिएको नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् ।

नगरपालिकामा ५२ जना स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीहरुको स्वास्थ्य वीमा गरेको छ । नगर भित्रका स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगरका स्वास्थ्य शाखाका कर्मचारीको स्वास्थ्य वीमा गरेको नगर प्रमुख दीपक विक्रम शाहले बताएका छन् । कोरोनाले विश्व त्रसितका साथै नराम्ररी प्रभावित भएको बेला स्वास्थ क्षेत्रका कर्मचारीको हौसला र सुरक्षाका लागि नगरपालिकाले एक लाख बराबरको निःशुल्क कोरना स्वास्थ्य बीमा गरेको नगर प्रमुख शाहको भनाई रहेको छ ।

कोरोना बीमा गरेका कर्मचारीहरुलाई बीमा गरेको १५ दिनपछि देखि एक वर्षको अवधीमा कोरोना पोजेटिभ देखिए लगत्तै एक लाख बराबरको उपचार तथा स्याहार खर्च उपलब्ध गराइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबाजी महर्जनले जानकारी दिएका छन् । नगरपालिकाले युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको छ ।

नगरपालिकाले दुइ करोडको राहत कोष स्थापना गरेको नगसर उप प्रमुख तारा खातीले बताएकी छन् । प्रत्येक वडाका वडाअध्यक्षहरुलाई अति विपन्न, एकल दलित,मुक्त हलिया तथा खलियाहरुको तथ्यांक संकलन गरी राहत वितरण समेत गरिसकेको छ । नगरपालिकाले सो परिवारलाई प्रतिपरिवार ३० केजी चामल दुई किलो नुन, दाल, तेल र तरकारीसमेत राहत दिएको । यस अघि जगन्नाथ र हिमाली गाउँपालिकाले थप सुविधा र विमा सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि विमा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्