Logo
Logo

क्वारेन्टाइनमा बसेका साढे ६ वर्षीय बालकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


डडेल्धुरा, १८ जेठ । डडेल्धुरामा क्वारेन्टिनमा बसेका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का साढे ६ वर्षीय बालक रहेका छन् । प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेका अनुसार शनिबार राति १२ बजेतिर जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका बालक मृत्यु भएको हो ।

आमाबाबुसँगै उनी केही दिनअघि भारतको मुम्बइबाट गौरीफन्टानाका हुँदै डडेल्धुरा पुगेका थिए । डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले बालकको अस्पताल पु¥याउनुभन्दा अघि नै मृत्यु भएको जानकारी दिए । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पु¥याइएको थियो ।

“बिहान अस्पताल ल्याउनुभएको थियो । ती बालक अस्पताल पुग्नु अगाडि नै मृत्यु भइसकेको थियो । यहाँ पु¥याउँदासम्म श्वास पनि थिएन”, उनले भने । ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको मेसु डा विष्टले बताए । यसअघि उनी मुम्बइस्थित एक अस्पतालमा उपचाररत थिए । उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको आजै कोरोना परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन गरिने निमित्त मेसु विष्ट बताए ।

प्रतिक्रिया दिनुहोस्