Logo
Logo

गुन्डा नाइके विश्नोईको नाममा व्यवसायीलाई धम्कीपूर्ण फोन


2.1k
Shares

काठमाडौँ । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्कीपूर्ण फोन आइरहेको छ । बैंकर र अन्य व्यवसाय गर्नेहरुमध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी गरेका छन् ।

भारत र दुबईबाट त्यस्तो फोन आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सीआईबीका एआईजी दीपक थापाले भने, ‘नेपाली व्यवसायीलाई धम्की दिनेहरूबारे अनुसन्धान भइरहेको छ ।’

फोन गर्नेहरूले भन्छन्, ‘म लरेन्स ग्याङबाट हुँ, दुर्गा प्रसाईंले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुस् ।’

फोन गर्नेहरूले दुर्गा प्रसाईंलाई सहयोग नगरे व्यापारीको विस्तृत विवरण आफूसँग रहेको भन्दै धम्की दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्