Logo
Logo

तीन पाकिस्तानी आतंककारी मारिएको भारतीय सेनाको दावी


- दृष्टि न्युज/संवाददाता


जम्बू कश्मिर, १९ जेठ (एजेन्सी) । पाकिस्तानका तीन जना तालिमप्राप्त आतंकवादी जम्मु काश्मिरको सीमा क्षेत्रमा मारिएका भारतीय सेनाले दावी गरेको छ ।
भारतीय सेनाले गरेको आतंककारी विरोधी कारबाहीका क्रममा भारत र पाकिस्तानी सीमा क्षेत्र लाइन अफ कन्ट्रोलको नसुअरा क्षेत्रमा ती आतंककारी मारिएका भारतीय सेनाले सोमबार जानकारी दिएको हो ।
भारतीय सेनाले मे २८ देखि सो क्षेत्रमा ठूलो सैन्य संख्याका साथ कारबाही गर्दै आएको छ । सोही कारबाहीकाक्रममा सोमबार शक्तिशाली हतियार बोकि हिँडेका ती आतंककारी मारिएका हुन् । त्यस क्षेत्रमा भारतीय सेनाले घुसपैठ भइ आउने आतंककारीहरुको खोजी अभियानलाई जारी राख्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्