Logo
Logo

बालविवाहलाई निरुत्साहित गर्न  सबै सरोकारवाला चनाखो भई लाग्नुपर्छ : प्रदेशमन्त्री लेखी


630
Shares

 राैतहट ।  मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले बालविवाहलाई निरुत्साहित गर्न  सबै सरोकारवालालाई चनाखो भई लाग्न अनुरोध गरेका छन् । 

मधेसी आयोग द्वारा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित बाल विवाह अन्त्यका लागि धार्मिक गुरुहरिको भूमिका विषयक अन्तरक्रिया तथा प्रतिबद्धता कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री लेखीले बालविवाह गराई प्रचलित कानुन उलङ्घन गर्नेलाई दण्डित हुन तयार रहन चेतावनी दिएका छन् । 

बालविवाह अन्तका लागि यतिका धर्म गुरु तथा सबै सरोकारवाला सहमत भए यसलाई शतप्रतिशत नै मान्ने रोकने पक्षमा रहेको उनले विश्वास व्यक्त गरे ।

संघियताको विरोध गर्नेलाई चुनौती दिँदै मन्त्री लेखीले भारतमा सङ्घीयता स्थापित हुन सत्तरी वर्ष लागेको ठाउँमा हाम्रोमा थोरै समयमा सडक र शिक्षाको क्षेत्रमा राम्रो विकास भएको दाबी गरेका छन् ।

मधेसी आयोगका अध्यक्ष डा.विजय कुमार दत्तको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य शावित्रा कुमारी शर्मा,मधेसी आयोगका सदस्य अधिवक्ता जिवछ साह, प्लान नेपालका ईरसाद अहमद ,नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा , सामाजिक विकास तथा अनुसन्धान केन्द्रका सचिव साेनफि साह , निजान्नद धाम नजरपुरका सन्त १०८ सुरेन्द्र जी महाराज,माैलाना खली कुजमा , लामा धर्मगुरु जगत दोङ्ग ,पण्डित वृजमाेहन पाण्डे ,उपेन्द्र मिश्र ,लक्षमण झा ,नरेश राज खरेल सहितले बाल विवाह गर्ने गराउने उपर कानुनी कार्यवाही गरिए मात्रै निरुत्साहित हुने कुरामा जाेड दिएका थिए । 

कार्यक्रमको  आरम्भमा नेपालमा बालविवाहको अवस्था बारे प्लान नेपालकाे तर्फबाट काजल झाले बाल संरक्षणको सवालमा बोल्दै मुलुकी अपराध संहिताको १७४मा बाल विवाहमा सहभागीलाई तीन वर्ष कैद र तीस हजार जरिवानाको अवस्था रहेकाे बताए । साे कार्यक्रममा दुई जना वालिकाले बाल विवाहमा  कसरी परे तथा बचेको फरक फरक घटना वृतान्त पीडितले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्