Logo
Logo

युद्धरविरामको एक दिन नवित्दै इजरायलीद्वारा लेबनानमाथि रकेट आक्रमण


एजेन्सी

378
Shares

जेरुसेलम । हिजुबल्लाह समूह र इजरायलबीच युद्धविराम सुरु भएको एक दिनपछि इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा इरान समर्थित लडाकू समूह हिजबुल्लाहसँग सम्बन्धित एक सुविधामा आक्रमण गरेको बताएको छ ।

‘केही समयअघि दक्षिणी लेबनानमा मध्यम दूरीका रकेटहरू भण्डारण गर्न हिजबुल्लाहले प्रयोग गरेको सुविधामा आतङ्कवादी गतिविधि पहिचान गरिएको थियो । इजरायली वायु सेनाको विमानले खतरालाई विफल बनायो’, सेनाले एक विज्ञप्तिमा भनेको छ ।

दक्षिणी लेबनानको बायसरियाह सहरका मेयर नाजिह इदले भने, ‘उउटा लडाकू विमानले करिब एक घन्टाअघि बायसरियाह सहरको पूर्वी किनारमा आक्रमण गरेको छ । उनीहरूले सर्वसाधारणका लागि पहुँचयोग्य नभएको वन क्षेत्रलाई लक्षित गरेका छन् ।’

यसअघि बिहीबार सेनाले ‘युद्धविरामको शर्त उल्लङ्घन गर्दै दक्षिणी लेबनानका धेरै क्षेत्रमा सवारी साधन लिएर आइपुगेका’ धेरै संदिग्धमाथि गोली चलाएको बताएको थियो ।

यो शान्ति समझौताले सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको अभूतपूर्व आक्रमणको एक दिनपछि सुरु भएको द्वन्द्वको अन्त्य भयो । द्वन्द्वका क्रममा लेबनानमा हजारौँको मृत्यु भयो र लेबनान र इजरायल दुवैमा ठूलो विस्थापन भयो ।

इजरायली सेनाले बिहीबार साँझ ५ बजे (१५ः०० जिएमटी) र भोलिपल्ट बिहान ७ बजे (०५ः०० जिमएटी) बीच ‘लिटानी नदीको दक्षिणतर्फ जान कडा रूपमा निषेध गरिएको’ बासिन्दाहरूलाई चेतावनी दिँदै दक्षिण लेबनानमा रातको कर्फ्यू पनि घोषणा गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले सन् २०२३ अक्टोबरदेखि द्वन्द्वका क्रममा देशमा कम्तीमा तीन हजार ९६१ व्यक्तिको मृत्यु भएको र तीमध्ये अधिकांश हालैका हप्ताहरूमा मारिएका बताएको छ । त्यस्तै १६ हजार ५२० जना घाइते भएका छन् ।

इजरायली पक्षमा हिजबुल्लाहसँगको द्वन्द्वमा कम्तीमा ८२ जना सैनिक र ४७ जना सर्वसाधारण मारिएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्