Logo
Logo

‘सानो मन’मा आयुष्मान र शिल्पा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ । नेपाली फिल्म ‘सानो मन’ निर्माण हुने भएको छ । फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के मुख्य भूमिकामा रहने भएका छन् ।
फिल्म ‘सानो मन’को एक कार्यत्रमबीच शुभमुहूर्त गरिएको छ । उक्त फिल्म घोषणा तथा मुर्हत कार्यक्रममा आयुष्मान र शिल्पा मुख्य भूमिकामा रहने जनाइएको हो ।
फिल्मको मुहूर्तसँगै छायांकन सुरु भएको छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने भनिएको फिल्ममा हङकङ निवासी सुयोग गुरुङको एक्सन–कट रहनेछ । निर्माणपक्षका अनुसार म्युजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा आयुष्मानले निर्वाण र शिल्पाले सानियाको भूमिका निभाउनेछन् । यस फिल्मका लागि योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर निर्माता रहेका छन् । यस फिल्ममा आयुष्मान र शिल्पाका आलवा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको पनि अभिनय रहनेछ ।
समिर सुनवार र निर्देशक गुरुङको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन् । फिल्ममा सुयोग सोताङको संगीत रहनेछ । निर्देशक गुरुङ ‘सानो मन’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्