Logo
Logo

मदिराको नशामा दाईको हत्या


- दृष्टि न्युज/संवाददाता


रुपन्देही, २२ जेठ ।
कुटपिटबाट आफ्नै दाजुको हत्या गरेको अभियोगमा गैडहवा गाउँपालिका(२ पडौरा बस्ने १९ वर्षीय शिवचन्द केवटलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


शिवचन्दले मादक पदार्थ सेवन गरी सामान्य विवादमा बाँसको चिर्पटले दाजु २५ वर्षीय जवाहिर केवटलाई टाउकोमा हान्दा गम्भीर घाइते भएका थिए । तत्काल उपचारको लागि लोण्डिया स्वास्थ्य क्लिनिक लगेकोमा थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालतर्फ लैजान क्लिनीकले सुझाव दिएपछि फर्काएर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्