Logo
Logo

फ्राइडे फिल्म : ‘बैना’सँगै ‘आरोप’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ । हरेक शुक्रबार सिनेमा हलमा नयाँ फिल्म लाग्ने गर्छ । यस्तै, यो शुक्रबार पनि दुई नेपाली फिल्म सिनेमा हलमा लागेको छ । तर, यसपटक सिनेमा प्रदर्शनमा आएका दुईटै फिल्म उस्तै छन् अर्थात मध्यम सिनेमा । आज शुक्रबारदेखि फिल्म ‘बैना’ प्रदर्शनमा आएको छ ।
लिङ्देन फिल्मस्को ब्यानरमा निर्मित ‘बैना’को प्रस्तुतकर्ता भुपेन्द्र लिङ्देन हुन् । यस फिल्ममा हिमाली लिङ्देन, राजु लिङ्देन, धनबहादुर याक्सो, बिना पालुङ्वाले संयुक्त रुपमा लगानी गरेका हुन् ।
यस फिल्ममा सुबाष मेचे, रञ्जिता लिम्बु, उदय सुब्बा, भुपेन्द्र लिङ्देन, राजु लिङ्देन, विश्व मुखिया, सुरबिर पण्डित, युमारानि लिम्बु, सन्तु मगरलगायतका कलाकारको अभिनय रहेको छ । बिकाश चौधरीको संगीत, राजु किरातीको द्धन्द, कमल राईको नृत्य रहेको यस फिल्मलाई दिलप्रकाश याक्सोले निर्देशन गरेका हुन् ।
यस्तै फिल्म ‘आरोप’सिनेमा हलमा लागेको छ । यो फिल्म पनि खाशै चर्चामा छैन । अमर ओलीको निर्देशनमा बनेको फिल्म ‘आरोप’मा स्वालम्बनको बाटोमा अघि बढ्न खोज्ने एक युवालाई समाजले आरोप लगाएपछि अपराधी बन्न उसले अपनाएको बाटोलाई देखाइएको छ ।
दिलासा क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा विजय पाठक र दिनेश राउतको लगानी छ। फिल्ममा किशोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्कालगायतको अभिनय छ। फिल्ममा लक्ष्मण सुवेदीको कथा, वीरेन्द्र भट्टको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्