Logo
Logo

यस कारण फिल्म निर्देशक बन्न सक्दैनन् शाहरुख !


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ११ माघ । अभिनेता वा अभिनेत्रीपछि धेरैजसो निर्देशक वा निर्माता बन्छन् । यो उनीहरुका लागि विकल्प हो । तर, कलाकार बनेजस्तो निर्मता वा निर्देशक बन्नु सजिलो छैन ।
बलिउड स्टार शाहरुख खानले यो कुरालाई मनन गरेका छन् । त्यसैले उनी तत्काल फिल्म निर्देशन गर्ने हिम्मत राख्दैनन् । यी बलिउड स्टारले एक प्रशंगमा भने, ‘निर्देशक बन्छु भनेरमात्र हुँदैन । कलाकार बनेजस्तो निर्देशक बन्न सजिलो पनि छैन ।’
शाहरुखले यसो भनिरहँदा उनका फ्यानहरु भने निराश भएका छन् किनकि उनका फ्यानहरु बलिउडका यी बादशाह निर्देशक बनेको हेर्न चाहन्छन् । अभिनयदेखि निर्मातासम्म सफलता पाइसकेका शाहरुख निर्देशक बनेको हेर्ने रहरलाई शाहरुखले यसरी टारेका छन् । उनी भीन्छन्, ‘मसँग निर्देशक बन्नका लागि अहिले समय छैन किनकी निर्देशकको काम निकै संवेदनशिल काम हो । म आफुलाई दुई वर्षका लागि एउटा क्यामरामा कैद गर्न सक्दिनँ । मेरा लागि निर्देशक बन्ने समय नै छैन ।’
उनले तत्काल फिल्म निर्देशन नगर्नुका आफ्नो छोरालाई कारणका रुपमा प्रस्तुत गरेका छन् । उनले भारतीय मिडियासँग भनेका छन्, ‘म सानो छोरा अब्राहमलाई पर्याप्त समय दिन चाहन्छु । म अब्राहमको बाल्यकालदेखिको बढ्दो अवस्थालाई गुमाउन चाहन्नँ । त्यसकारण अहिले नै निर्देशक बन्ने सोचाई छैन ।’ केही समयअघि मात्र शाहरुखले फिल्म निर्देशन गर्न लागेको खबर बाहिरिएको थियो । तर, उनले भनाइले त्यो खबरको समेत खण्डन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्