Logo
Logo

ब्रिक्सको मुद्रा आए के होला ?


डा. दीपेश केसी

2.8k
Shares

८० वर्षदेखि विश्व अर्थतन्त्रमा अमेरिकी डलरको प्रभुत्व रहेको छ । बितेको एक दशकमा त डलर यति बलियो भयो कि यसले निरन्तर उकालो चढिरह्यो । तर, परिस्थिति बदलिँदै छ ।

डलरको विकल्पमा नयाँ मुद्रा आउँदै छ । यसले उसको प्रभुत्व गुम्ने देखिन्छ । डलरको एकाधिकार अमेरिकाको विश्वभर आर्थिक वर्चस्वको मुख्य कारणमध्येको एक हो । संसारभर चल्ने डलरको विकल्पमा युरोपेली यूनीयनको यूरो, बेलायतको पाउन्ड, चीनको येन जस्ता प्रभावशाली मुद्रा पनि आउन सकेनन् ।

संसारको कुनै पनि देशले डलरलाई चुनौती दिन नसकेपछि ब्रिक्ससँग आबद्ध देशहरूले नयाँ चुनौती दिन खोजेका छन् । उनीहरूले ब्रिक्समार्फत् नयाँ मुद्रा ल्याउन खोजेका छन्, जसले अमेरिकालाई झस्काइदिएको छ ।

अमेरिकाको राष्ट्रपतिमा हालै निर्वाचित डोनाल्ड ट्रम्पले ब्रिक्सले डलरको विकल्पमा नयाँ मुद्रा ल्याएमा ती देशहरूका सामानमा शतप्रतिशत कर लगाउने चेतावनी दिइसके । उनको यो चेतावनी डलरको प्रभुत्व जोगाउने रणनीति अन्तर्गत पर्दछ ।

ब्रिक्सको नयाँ मुद्राको तयारीका लागि अर्थशास्त्री समेत रहेकी ब्राजिलकी पूर्वराष्ट्रपति डिलमा रुसेफलाई ब्रिक्स न्यु डेभलपमेन्ट बैंकको प्रमुख नै बनाइएको छ । उनले विश्व अर्थतन्त्रको बहुध्र्रुवीय अर्थतन्त्र बहुध्रुवीय विश्व व्यवस्थाका लागि आवश्यक रहेकोमा जोड दिँदै आएकी छिन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डलरको एकाधिकार अन्त हुने दाबी गरेका छन् । भारतका विदेशमन्त्री एस जयशंकरले पनि कजाकमा पुगेर विश्वको मुख्य आर्थिक र राजनीतिक संस्थाको पुनःगठनमा जोड दिएका छन् ।

अमेरिकाका प्रतिस्पर्धी र उदीयमान नयाँ शक्तिहरूले विश्वको आर्थिक र राजनीतिक प्रणालीमा फेरबदलमा सक्रियता बढाएको देखिइसकेको छ । जसमा डलरको एकाधिकार अन्तको अभ्यास पनि हो ।

विश्वको उदीयमान आर्थिक शक्ति र भूराजनीतिक दृष्टिले महत्त्वपूर्ण स्थानमा रहेका देशहरू ब्रिक्समा हुनुले पनि भविष्यमा डलरको विकल्पमा नयाँ मुद्रा ल्याउन ती देश एकजुट भएमा संसारको आर्थिक इतिहासमा नयाँ घटना विकास हुनसक्छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन र पाँचौ ठूलो अर्थतन्त्र भारत ब्रिक्समा छन् । यी दुई देश संसारको सबैभन्दा बढी जनसंख्या भएका क्रमशः दोस्रो र पहिलो देश हुन् । रुस सँसारकै विशाल देश हो जोसँग विश्वको सबैभन्दा बढी खनिजहरू रहेका छन् । विश्वकै ठूलो आणविक शक्ति पनि हो रुस । ब्राजिल दक्षिण अमेरिकाको ठूलो र शक्तिशाली देश मात्र नभएर विश्वकै ठूलो जलस्रोत भएको देश हो ।

दक्षिण अफ्रिका अफ्रिकी महादेशको सबैभन्दा शक्तिशाली र आर्थिक शक्ति भएको देश हो । यसबाहेक ब्रिक्समा हालै जोडिएको इजिप्ट र इथियोपिया उदीयमान शक्ति हुन् । युएई आर्थिक रुपमा निकै बलियो शक्ति हो भने इरान पनि तेलको धनी देश हो । यसबाहेक ब्रिक्समा थप ३० देशहरू आबद्ध हुन खोजिरहेका छन् ।

ब्रिक्समा विश्वको ४५ प्रतिशत जनसंख्या भएका देश आबद्ध छन् । विश्वको ३५ प्रतिशत जीडीपीको हिस्सा उनीहरूको छ । जबकि, अमेरिका, क्यानडा, जापान, जर्मनी, क्यानडा, फ्रान्स, बेलायत र इटालीको जी सेभेनको जनसंख्या १० प्रतिशत र जीडीपी ३० प्रतिशत छ । जी सेभेनको अर्थतन्त्रमा प्रभुत्व कायम छ जबकि, ती देशको जनसंख्या कम छ ।

ट्रम्पले जितेपछि डलरको प्रभुत्व बचाऊ र बढवामा लाग्ने सङ्केतहरू मिलिसकेको छ । ट्रम्पको जीतलगत्तै चीनको युआन, रुसको रुबल, ब्राजिलको रियल, भारतको रूपैयाँ र दक्षिण अफ्रिकाको रान्डको मूल्यमा गिरावट आयो । यसले ती देशहरूलाई डलरको विकल्पमा जान दबाब बढाएको छ ।

ब्रिक्स देशहरूले यसकारण पनि विश्व अर्थतन्त्रमा नयाँ प्रणालीमा जोड दिइरहेका छन् । ती देशहरूले साझा मुद्रा निकालेर डलरको विकल्पमा कदम चाल्न खोजेका छन् । यसो भएमा विश्वकै अर्थतन्त्रमा हलचल आउन थाल्नेछ । यसले सबैभन्दा बढी धक्का अमेरिका र पश्चिमा देशहरूलाई पर्न जान्छ । यसकारण पनि ट्रम्पले ब्रिक्स देशहरूलाई उनीहरूको उत्पादन नै अमेरिकामा रोक्ने अभिप्रायले शतप्रतिशत करको चेतावनी दिएका हुन् ।

ट्रम्पले जितेपछि डलरको प्रभुत्व बचाऊ र बढवामा लाग्ने सङ्केतहरू मिलिसकेको छ । ट्रम्पको जीतलगत्तै चीनको युआन, रुसको रुबल, ब्राजिलको रियल, भारतको रुँपिया र दक्षिण अफ्रिकाको रान्डको मूल्यमा गिरावट आयो । यसले ती देशहरूलाई डलरको विकल्पमा जान दबाब बढाएको छ । ब्रिक्स सम्वद्ध देशहरू आफ्नो आर्थिक स्वार्थका लागि पनि डलरको विकल्पमा जान खोजेको देखिन्छ ।

ब्रिक्सको मुद्रा आए के होला ?
डलरको वर्चस्व यति धेरै छ कि संसारमा हुने कुल मुद्रा व्यापारको ९० प्रतिशत हिस्सा ओगटेको छ । रुसले युक्रेनमा हमला गर्नुअघि संसारमा हुने तेलको व्यापारमा शतप्रतिशत डलरको प्रयोग हुन्थ्यो । सन् २०२३ को तथ्यांकले तेलको व्यापारमा ८० प्रतिशत मात्र डलरबाट कारोबार हुने देखाएको छ । ब्रिक्सको मुद्रा चल्तीमा आएमा संसारको मुद्रा र आर्थिक प्रणालीमा क्रान्ति नै आउनेछ । यसले ब्रिक्स देशहरूबिचको व्यापार र आर्थिक गतिविधि बढाउनेछ । सँग सँगै अमेरिकाको संसारभर रहेको प्रभावलाई घटाइदिनेछ । विश्वको मुद्रा संचितीमा डलरको एकाधिकार अन्त गरिदिनेछ । अन्य क्षेत्रीय शक्तिहरूलाई नयाँ मुद्रा स्थापित गर्न प्रेरित गर्नेछ ।

दशकौंयता अमेरिकी डलरले विश्वभर प्रभाव बनाइआएको छ । विदेशी मुद्रा संचितीमा डलरकै एकाधिकार छ । अमेरिकी फेडरल रिजर्भको तथ्यांकले सन् १९९९ देखि २०१९ बीचको २० वर्षमा विश्वको अन्तर्राष्ट्रिय व्यापारमा ९६ प्रतिशत डलरको प्रयोग भएको छ । जसमध्ये ७४ प्रतिशत एसिया प्यासिफिक र ७९ प्रतिशत बाँकी विश्वमा प्रयोगमा आयो । विश्वको मुद्रा सटहीमा ८८ प्रतिशत डलरको प्रयोग भएको एटलान्टिक काउन्सिलको तथ्याङ्क छ ।

विश्व अर्थतन्त्रमा प्रभुत्व कायम राखेको डलरको विकल्पमा नयाँ मुद्रा ल्याउँदा विश्व व्यवस्थामै हलचल आउने निश्चित छ । यसै पनि अमेरिकाले डलरलाई अस्त्रका रुपमा प्रयोग गरिरहेको विश्लेषण हुनेगरेको छ ।

ब्रिक्स अर्थमन्त्रीहरूको काजाकमा भएको सम्मेलनमा अमेरिकी अर्थशास्त्री जेफरी साचसले सम्बोधनका क्रममा अमेरिकाले विदेशका धनाढ्य र देशकै अरबौं डलर नियन्त्रणमा राखेर अस्त्रका रुपमा डलरलाई प्रयोग गरेको बताएका थिए । अन्य देश र धनाढ्यको डलर नै नियन्त्रणमा लिने नीतिले अमेरिकी डलरप्रति नै विश्वास गुम्ने खतरा समेत औँल्याएका थिए ।
रुस, इरान, भेनेजुएला जस्ता अमेरिकी विरोधी शक्तिसँग जोडिएका ३०० अर्ब डलरभन्दा बढी अमेरिकी डलर नियन्त्रणमा हुनुले पनि ती देशहरू डलरकै विकल्पमा जान खोजेका छन् । रुसले सन् २०१४ बाट डलरबाट कारोबार घटाउँदै लगेको थियो । पश्चिमा देशको आर्थिक प्रतिबन्धपछि उसले भारत र चीन जस्ता देशसँगको तेलको कारोबार डलरबाहेकका मुद्राबाट गरिरहेको छ । यसले पनि डलरको विकल्प खोज्नेतर्फ रुस अग्रसर भयो । अमेरिकाले अन्तर्राष्ट्रिय प्रभुत्व कायम गर्न डलरलाई अभ्यासको औजार बनाएको आरोप लागिरहेको छ ।

डलरको प्रभुत्व अन्त गर्ने कदमहरू विश्वभर चालिएका छन् । रुस र चीनले ७० प्रतिशतभन्दा बढी व्यापार आफ्नो मुद्राबाट गरिरहेका छन् । रुसले भारतसँगको व्यापारमा पनि गैर डलरबाट गरिरहेको छ । इरानसँग पनि त्यही नै अवस्था छ । पछिल्लो रिपोर्ट अनुसार विश्वका ८५ देशहरू डलरबाहेकबाट सीमापार व्यापारमा बढिरहेका छन् ।

ब्रिक्सको साझा मुद्राको पहल चलिरहँदा आसियान राष्ट्रहरू पनि सीमापार डिजिटल पेमेन्टलाई विकास गरिरहेका छन् । यसले डलरको विकल्पमा नयाँ मुद्रा या डिजिटल प्रणाली विकास भएमा संसारको अर्थतन्त्रमा व्यापक फेरबदल आउने नै छ । अर्कोतर्फ, डलरबाट प्रभावशाली बनेका देशहरूको प्रभुत्व घट्नेछ । यसतर्फ ब्रिक्स देशहरू योजनावद्ध तरिकाले बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्