Logo
Logo

सिरियाका १५ वटा नौसैनिक जहाजमाथि इजरायलको आक्रमण


1.7k
Shares

एजेन्सी । इजरायलले सिरियाका नौसैनिक जहाजमाथि आक्रमण गरेको छ । सोमबार राति अल–बायदा र लताकिया बन्दरगाहमा रहेका १५ वटा नौसैनिक जहाजमाथि आक्रमण गरेको हो । सिरियाली सैन्य तागतलाई कमजोर बनाउन उक्त आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा जहाज र बन्दरगाहका केही भागमा ठूलो क्षति देखिएको छ । बशर अल–असद अपदस्थ भएपछि इजरायलले सिरियामा ३१० भन्दा बढी स्थानमा हमला गरेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000