Logo
Logo

एउटा यस्तो फेसन शो (फोटोफिचर)


189
Shares

काठमाडौं । यही गएको शनिबार दरबारमार्गस्थित याक एण्ड यति होटलमा एउटा यस्तो फेसन शो आयोजना गरियो, जहाँ नेपाली फिल्म क्षेत्रका करिब दर्जन चर्चित हिरो–हिराइनरु एकसाथ -याम्पमा देखिए ।

उक्त दिन चर्चित कलाकार प्रदीप खड्का, आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्केलगायतले शनिबार बेलुकी क्याटवाक गरे । ग्लाम नेपाल इन्टरनेसनलको चौथो संस्करणमा चर्चित डिजाइनरले बनाएका लुगामा उनीहरुले मोडलकासाथ क्याटवाक गरेका थिए ।

फेसन शोमा यी कलाकारबाहेक पुरुष र महिला गरी ३० मोडलले बिभिन्न पहिरनका आकर्षक डिजाइन र्याम्प वाक गरेका थिए ।
प्रारम्भ प्रोडक्सनको आयोजना रहेको फेसन शोमा बिभिन्न ९ सिक्वेलमा स्वयंम गुरुङ, सेन्स क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नुुस् क्रियसन, वेरा बाई जारा, राजन शाह लगायतका डिजाइनर्सका आकर्षक र नबिनतम पहिरन र्याम्प प्रस्तुत भएको थियो ।

हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेसन शो नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गर्न गरिएको आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए । करिब तीन घन्टा चलेको शो फेसनमय बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्