Logo
Logo

भेनेजुएलामा राजनीतिक संकट : राष्ट्रपति मदुरोलाई सेनाको समर्थन

काराकास/एएफपी

काराकास, ११ माघ (एएफपी) । भेनेजुएलाको राष्ट्रपति निकोलास मदुरोलाई सेनाले आफ्नो पूर्ण समर्थन गरेको जनाएको छ । तर, अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले भने आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको दाबी गरिरहेका छन् । भेनेजुएलामा सेना शक्तिशाली मानिन्छ ।
देशभर भडकिएको हिंसा र प्रदर्शनका क्रममा शुक्रबारसम्म २६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति मदुरोले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको राजदूतावास र वाणिज्यदूतावास बन्द गर्ने घोषणा गरेको छ । साथै, मदुरोले भेनेजुएलामा रहेका अमेरिकी कुटनीतिज्ञहरुलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको सत्तालाई ‘अवैधानिक’ भनी घोषणा गरिसकेका छन् । विपक्षी नेता गुएइदोको घोषणालाई अमेरिका, युरोपेली युनियन तथा ब्राजिल, अर्जेन्टिना, कोलम्बिया समेतका केही दक्षिण अमिरिकी मुलुकहरुले समर्थन गरेका छन् ।

तर भेनेजुएलामा लगानी र सहयोग गरिरहेका चीन र रुसले राष्ट्रपति मदुरोलाई समर्थन गरेसँगै परिस्थितिले नाटकीय मोड लिन थालेको छ । तेलको धनी राष्ट्र भेनेजुएला आर्थिक रुपमा अत्यन्त कमजोर स्थितिमा छ ।
मदुरो गतवर्ष भएको राष्ट्रपतिको चुनावमा पुनः विजयी भएको थियो, तर यो चुनावमा धाँधली भएको जनाउँदै विपक्षीहरु तथा धेरै अन्य मुलुकले लगातार विरोध गरिरहेका छन् । तर, आफूलाई समाजवादी नेता भन्न रुचाउने मदुरोको शासनसत्ता शक्तिशाली सेनाको भूमिकामा अडेको विश्वास गरिन्छ ।
सेनाको जनरल समेत रहेका रक्षामन्त्री भ्लादिमिर पाड्रिनोले ५६ वर्षीय मदुरो नै मुलुकको ‘वैधानिक राष्ट्रपति’ रहेको घोषणा गरेका छन् । उनले सम्भावित ‘सत्ता विद्रोह’विरुद्ध जस्तोसुकै कदम चाल्न भेनेजुएलाको सेना दृढ र एकताबद्ध रहेको बताएका छन् । पाड्रिनोको घोषणालगत्तै अरु आठ जना जनरलले पनि राष्ट्रपतिको पक्षमा समर्थन जनाएका छन् ।
मदुरोका समर्थकहरु न्यायाधीश रहेको सर्वोच्च अदालतले पनि मदुरोको ‘वैधानिक अख्तियारी’प्रति समर्थन जनाएको छ । उनले भने, ‘विदेशी सरकारहरुको उक्साहटमा भेनेजुएलामा सत्ता विद्रोहको तयारी भइरहेको हामीलाई लागेको छ ।’
अन्तरिम राष्ट्रपति घोषणा गरिएका विपक्षी नेता हुँवा गुएइदोको भविष्य पनि अन्यौलमा पर्न थालेको अनुमान गरिएको छ । तर, युरेसिया ग्रुपमा आबद्ध विश्लेषकहरुले गुएइदोलाई विदेशी शक्तिराष्ट्रले समर्थन गरेका कारण मुख्य विपक्षी नेताका रुपमा स्थापित गर्न मद्दत गरेको बताएका छन् । यसपटक गुएइदोले शक्तिशाली भेनेजुएली सेनाको उच्च नेतृत्वको विश्वास जित्न सक्ने छैन । उनीहरुले तत्कालै मदुरोको शासनसत्ता ढल्न सम्भव नदेखिएको बताएका छन् । तर, सत्ता परिवर्तनको पछिल्लो प्रयत्नमा दर्जनौंको ज्यान गएको छ ।
वासिङटनमा, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलाको संकटका विषयमा छलफल गर्न संयुक्त राष्ट्रस्रघ सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन आग्रह गरेको छ । पोम्पेओले भने, ‘बहसको समय घर्किसक्यो । पूर्वराष्ट्रपति निकोलास मदुरोको सत्ता अवैधानिक हो ।’ प्रदर्शनकारीमाथि भइरहेको निर्मम दमनले अमेरिका दुःखी बताए ।
निहत्था प्रदर्शनकारीमाथि सैनिक शक्ति प्रयोग गरिएकोप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै विकल्प खुला रहेको’ प्रतिक्रिया दिएका छन् । राष्ट्रपति ट्रम्पले भेनेजुएलाविरुद्ध थप आर्थिक नाकाबन्दी लगाउने सम्भावना रहेको छ ।
भेनेजुएलामा उत्पादित एक तिहाई इन्धन संयुक्तराज्य अमेरिका निकासी हुने गर्दछ । विश्लेषकहरुले तेल आयातमा कुनै किसिमको नाकाबन्दी लगाइए त्यसले अमेरिकी अर्थतन्त्रमा समेत असर पर्ने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला विवादमा पनि डेमोक्र्याट पार्टीबाट खासै समर्थन प्राप्त गरेका छैनन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मदुरोलाई टेलिफोन गरी समर्थन जनाएका छन् । भेनेजुएलामा उत्पन्न संकट बाहिरी मुलुकको उक्साहटमा भएको समेत पुटिनले बताएका छन् ।
भेनेजुएलालाई सबैभन्दा बढी ऋण उपलब्ध गराइआएको चीनले बाह्य शक्तिले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाप्रति आपत्ति जनाएको छ । मदुरोलाई मेक्सिको, क्युबा र बोलिभियाका बामपन्थी सरकारहरुले विगतमा झैं समर्थन यथावत रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्