Logo
Logo

यी हुन् कोशी प्रदेश सरकारले निर्माण गर्ने ३ सय ८५ सडक


693
Shares

काठमाडौं । कोशी प्रदेश सरकारले भविष्यमा निर्माण गर्ने ३ सय ८५ वटा सडकको सूची सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सार्वजनिक सडक ऐन २०७७ को मापदण्ड अनुसार आगामी दिनमा निर्माण गर्ने ३ सय ८५ वटा सडकको सूची राजपत्रमा प्रकाशित गरेको हो ।

जसमा प्रादेशिक सहायक लोकमार्ग अन्तर्गत ९६ वटा सडक (३१६३.५८ किमी) र प्रादेशिक मार्ग २८९ वटा (५८१५.५० किमी) सडक प्रादेशिक सडक सञ्जाल सूचीमा रहेका छन् । मन्त्रालयले ती सडक निर्माण गर्न कति बजेट आवश्यक हुन्छ भन्ने विषयमा भने टुंगो लगाएको छैन ।

प्रदेशले सार्वजनिक गरेको सडक प्रदेशले नै निर्माण गर्ने भएतापनि कति बजेट आवश्यक हुन्त त्यो भने टुंगो लागिनसकेको भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बताए । मन्त्री राईका अनुसार प्रादेशिक सडक सञ्जाल सूचीमा राखिएका ती सडकहरू २ किलोमिटरदेखि १ सय ८ किलोमिटर लामा सडकहरू छन् ।

सार्वजनिक भएको प्रादेशिक सहायक लोकमार्गको सूचीमा ७६.४५३ किलोमिटर लामो लरुम्बा– भञ्ज्याङ– इभाङ– गजुरमुखीधाम – मंगलबारे– शान्तिडाँडा– नेपालटार सडक (लरुम्बा– नेपालटार) सडक, ६३.५७७ किलोमिटर लामो भेडेटार– राजारानी रवि राँके सडक, ७० किलोमिटर लामो बहन्डे बजार–थाङ्ला भञ्ज्याङ सडक छन् ।

यसैगरी ५० किलोमिटर लामो जोरबौद्ध– गर्मा– नेले– चारघरे – मुक्लि –फुलुङ – झरेनी – देउसा – बुङ – गुदेल – सनम – साल्पा सडक, ५४ किलोमिटरको हिले – बोहोराटार सडक, ७४ किलोमिटर लामो टक्सार एरपोर्ट मोड– पिखुवा खोला–कोट– गोगने–पानधारे–तावा भञ्ज्याङ–नविन राई सडक कार्तिके–दिक्तेल बजार सडक, ५५ किलोमिटरर लामो भस्मे–मुर्कुची–ख्यातुङ– भुटार–बराहा–बासबोटे– कुनाई सडक, ७२ किलोमिटर लामो लिखु–कुवापानी–नरकटे– चिलाउने–कोष भञ्ज्याङ– कटुन्जे–थापा चोक–धुस्के सडक, १०८ किलोमिटर लामो रानिटार–पाङछा–बलङ्खा– युन–पाप्माखाम सडक, ९७ किलोमिटर लामो कोथु–हसनपुर–घेडेटार– कोटडाँडा–भोजपुर सडकलगायत गरी ३ हजार १६३.५८ किलोमटर प्रादेशिक सहायक लोकमार्ग रहेका छन् ।

यस्तै प्रादेशिक मार्गको सूचीमा रहेका सडकहरुमा ५५ किलोमिटर लामो माझखर्क – थुम्का – प्याङ्ग– चर्खुवा – मेग्बर्ने –भिगाँउ– मिलन चोक सडक, ५२ किलोमिटर लामो ल्हाप्रा – नुनथला – जुभिङ – खरिखोला – पैया – चौरीखर्क सडक देखि ४८ किलोमिटर लामो कार्कीगाँउ–सिँवा–खैजेनिम–साँवा– पापुङ्ग सडक तथा ८४ किलोमिटर लामो सङ्क्रान्ति बजार–ह्वाकु–बिजुरे– लिम्बुनी–निघुरादिन–जुकेटार– हाङपाङ्ग–पभेक–फ्यातु–साँघु सडकलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्