काठमाडौं । म्यानमारबाट पाँच जना नेपालीको उद्धार भएको छ । नेपाली राजदूतावास बैंककका अनुसार आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको छ ।
दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ डिसेम्बर २०२४ मा नेपाल फर्काइएको र आज २४ डिसेम्बर २०२४ मा १ जना महिलालाई नेपाल फर्काइएको छ ।
सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत देशमा रोजगारीमा नजान बैंककस्थित राजदूतावासले सबैलाई अनुरोध समेत गरेको छ ।