Logo
Logo

टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु


315
Shares

एजेन्सी । टर्कीएको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय गभर्नरले बताएका छन् ।

सांकेतिक तस्बिर

इस्माइल उस्ताओग्लुले भने, ‘प्रारम्भिक जानकारी अनुसार बालिकेसिरको कारेसी जिल्लामा भएको विस्फोटमा १२ जनाको मृत्यु भएको छ ।’

फुटेजमा प्लान्ट बाहिर छरिएका काँच र धातुका टुक्राहरू देखाइएको थियो । गभर्नरले विस्फोट बिहान ८ः२५ बजे प्लान्टको एक भागमा भएको बताए, जसले गर्दा भवनको केही भाग ध्वस्त भएको थियो ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्