Logo
Logo

धादिङमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध


819
Shares

चितवन । पृथ्वी राजमार्गको धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ रातोमाटेमा सुख्खा पहिरो खस्दा मंगलबार साँझ सडक अवरूद्ध भएको छ । साँझ ५ बजेतिर सडकमा पहिरो खसेको हो ।

नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रले पहिरो हटाउन उपकरणहरू परिचालन भएको जानकारी दिए ।

‘पहिरोले बाटो रोकिएर गाडीको ठूलै जाम लागेको सूचना छ। हटाउन मेशिन उपकरणहरू गएका छन्,’ इन्जिनियर मिश्रले भने । उक्त सडकमा हाल विस्तारको काम भइरहेको छ

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000