Logo
Logo

गृहमन्त्रीले सार्वजनिक गरे मिलनको ‘मिलन यात्रा’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १२ माघ । चर्चित पाश्र्व तथा सुगमगायिका मिलन नेवारले ‘मिलन यात्रा’ नामक गीति एल्बम ल्याएकी छन् । गायिका मिलनको यो चौथो एकल एल्बम हो । जसलाई शुक्रबार राजधानीमा एक समारोहबीच प्रमुख अतिथि गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरे । एल्बम सार्वजनिक गरेपछि गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना दिँदै आफू पनि नेपाली गीतसंगीत पौरखी भएको बताए ।
गायिका मिलनले आफ्नो जन्मदिनको अवसर पारेर ‘मिलन यात्रा’ सार्वजनिक गरेकी हुन् । आफ्ना बाबु गणेश श्रेष्ठ नेवार र आमा अम्बिका श्रेष्ठ नेवारलाई साँची राखेर मिलनले आफ्नो ‘मिलन यात्रा’ सार्वजनिक गरेकी हुन् ।
एल्बम ‘मिलन यात्रा’ सार्वजनिक कार्यक्रममा मिलनले उक्त आफूलाई समाजसेवामा समेत सक्रिय गराउने प्रण गरेकी छन् । उनले आफूलाई समाजसेवामा सक्रिय गराउन ‘मिलन च्यारिटी फाउण्डेश’को घोषणा गरेकी छन् । उक्त फाउण्डेशनमार्फत ‘सिंगिङ फर सोइटी’ नारासहित आफूलाई समाजसेवामा समाहित गर्ने प्रतिवद्धता उनले जनाएकी छन् । साथै अबका दिनमा आफूलाई मिलन नेवारका रुपमा अगाडि बढाउने समेत जनाएकी छन् । असममा जन्मिएकी गायिका मिलन ‘अमात्य’ हुनभन्दा अगाडि नै मिलन नेवारका रुपमा चर्चित थिइन् । अब त्यसैले निरन्तरता दिँदै मिलन नेवारका रुपमा अगाडि बढाउने उनले बताएकी छन् ।
बाक्लो संगीतकर्मी र पत्रकारमाझ एल्बम सार्वजनिक कार्यक्रममा बाल्दै मिलनले आफू नेपाल र संगीतप्रति सदैव समाहित भई अग्रसर हुने बताइन् । औपचारिक कार्यक्रम हुनअघि ‘मिलन यात्रा’मा समावेश ‘नेपाल नै नरहे नेपाली’ बोलको गीत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा ‘मिलन–२’को मन रेशम बोलको भिडियो स्क्रिनिङ गरिएको थियो । उक्त गीतमा मिलन र कमल खत्रीले स्वर दिएका छन् । उक्त भिडियोको निर्देशन राजेश पुमा राईले गरेका हुन् । भिडियोमा मिलन र कमलले नै अभिनय गरेका छन् (भिडियो हेर्नुस्) ।

गायिका मिलनले आफ्नो जन्मदिनको अवसर पारेर ‘मिलन यात्रा’ सार्वजनिक गरेकी हुन् । आफ्ना बाबु गणेश श्रेष्ठ नेवार र आमा अम्बिका श्रेष्ठ नेवारलाई साँची राखेर मिलनले आफ्नो ‘मिलन यात्रा’ सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक एल्बममा सात वटा गीत समावेश रहेका छन् । जसमा राजु सिंहको संगीत रहेको छ । कार्यक्रममा बरिष्ठ गायक दीप श्रेष्ठ, संगीत गुरु गुरुदेव कामद, गीतकार राजेन्द्र थापा, गायक सत्य–स्वरुप आचार्यलगायतका चर्चित कलाकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्