Logo
Logo

मधेश प्रदेश सरकारले आज बलिदानी दिवस मनाउँदै


252
Shares

जनकपुर । मधेश प्रदेश सरकारले माघ ५ गते आज सातौँ बलिदानी दिवस मनाउँदैछ । अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग तथा घाइते भएकालाई आर्थिक सहयोग र सम्मान गरेर सो दिवस मनाइने गरेको मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।

बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण नीधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा सहिदहरुको सम्झनामा जानकी मन्दिरमा १ लाख दिप प्रज्वलन गर्ने गृह मन्त्रालयल मधेश प्रदेशले जनाएको छ ।

२०६३ सालमा भएको मधेश विद्रोहको सम्झनामा प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ । माघ ५ गते सिरहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेशका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । सो दिनलाई स्मरण गर्दै पूर्वमुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्