Logo
Logo

विवाह गर्न भागेका लोकेन्द्र र सपना मृत भेटिए


3.4k
Shares

काठमाडौं । रुकुम पश्चिममा दुई युवा-युवती घरभित्र मृत भेटिएका छन् । प्रहरीका अनुसार विवाह गर्न भागेका त्रिवेणी गाउँपालिका-४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार लोकेन्द्रले सपनालाई चार दिनअघि विवाह गर्ने भन्दै भगाएका थिए । तर उनीहरू शनिबार बिहानै ९ बजेतिर लोकेन्द्रकै घरमा रहेको अस्थायी टहरामा दुवै मृत भेटिएको प्रहरीले जनाएको छ ।

लोकेन्द्र झुन्डिएको अवस्थामा फेला परेका थिए भने सपनाको शव भुइँमा थियो ।

प्रतिक्रिया दिनुहोस्