Logo
Logo

सुशीलाको शब्दमा राष्ट्रियभावको गीत ‘उठ नेपाली, जुट नेपाली’


1.5k
Shares

काठमाडौं । सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारी अब गीतकारका रुपमा समेत चिनिन थालेकी छन् । उनले राष्ट्रको सम्मानस्वरूप कोरेका गीत वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीले स्वर भरेका छन् ।

देशको वर्तमान अवस्थालाई झल्काउने राष्ट्रभावको जागरण गीत ‘उठ नेपाली, जुट नेपाली’ योगीकै स्वर तथा सङ्गीतमा आगामी माघ १६ गतेको विशेष दिन पारेर अधिकारीको आफ्नै युबटुब च्यानलमार्फत सार्वजनिक गर्ने तयारी छ ।

अधिकारीको आफ्नै युटुव च्यानल सिर्जनाको चौतारीमार्फत उक्त गीत भिडियोसहित रिलिज गरिन लागेको हो । युटुव च्यानलमार्फत सार्वजनिक भएको केही घण्टामै उक्त भिडियोसहितको राष्ट्रिय गीतले धेरैको मन जित्ने अनुमान गरिएको छ ।

मनोहर सुनामले सङ्गीत संयोजन गरेको उक्त गीत दील समर्पणले रेकर्ड गरेका हुन् । प्रकाश मिश्रको मिक्सिङ रहेको सो गीतको दृष्याङ्कन भने बिरेन्द्र भाट विपिनले गरेका छन् । एकौस्टिक नेपालमा रेकर्डिङ भएको सो गीतको पोस्ट प्रोडक्सन वल्र्ड कभर मिडिया प्रा. लिले गरेको हो ।

चर्चित गायक योगीले उक्त शव्दको भावले आफ्नो मन छोएकाले सो गीत आफूले गाएको प्रतिक्रिया दिए । गीतकार अधिकारीले भने आफूले नेपालीहरुलाई एकताको सन्देश सहित फुटेर होइन जुटेर अघि बढ्न र राष्ट्रियताप्रति गम्भिर बन्न आग्रह गर्ने उदेश्यले उक्त गीत लेखेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्