Logo
Logo

फिल्म ‘एक्टर टेक वन’को प्रदर्शन रोक्न अदालतको आदेश


1.9k
Shares

काठमाडौं । फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतले अन्तरकालिन आदेश दिएको छ ।

मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न आदेश दिएको हो । अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ ।

‘निवेदकको चलचित्र एक्टर प्रदर्शन भैरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर : टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीको नाममा अल्पकालिन आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीलाई दिनू’, आदेशमा भनेको छ ।

फिल्म ‘एक्टर’का निर्माताले ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए । राजन भुसाल निर्देशित फिल्म बुधबारदेखि प्रदर्शन तयारीमा थियो ।

प्रतिक्रिया दिनुहोस्