पाँचथर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले आह्वान गरेको बन्दका कारण आज कोशी राजमार्ग ठप्प छ । मेची राजमार्गमा कुनै यातायातका साधन संचालन हुन सकेका छैन ।

झापा जिल्लाबाट मेची राजमार्ग हुँदै इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधनहरु पूर्णरुपमा ठप्प भएका हुन् । त्यस्तै इलाम, पाँचथर र ताप्लेजुङमा पनि यातायातका साधनहरु चलेको छैन । बजार र पसलहरु भने खुल्ला रहेका छन् ।
यही माघ १२ गते ताप्लेजुङको फुङलिङ–११ स्थित बलुडाँडामा प्रहरीबाट भएको दमनविरुद्ध मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले महंगलबारदेखि मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका, ताप्लेजुङ जिल्लाभित्र अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका छन् ।
यसैबीच कोशी प्रदेश सरकारले ‘नो केबलकार’ पक्षलाई वार्तामा बोलाएको छ । प्रदेश सरकारद्वारा गठित वार्ता टोलीको मंगलबार बसेको बैठकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलन गरिरहेका ‘नो केबलबार) पहिचान पक्षधरलाई वार्तामा आउन आग्रह गरेको हो ।