काठमाडौं । घरपरिवारको उज्वल भविष्यको खोजिमा विदेशिनु पर्दाको पीडालाई लोकप्रिय गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा शब्द डिल्लीराज फुलारा, संगीत भीम बीसी र हरिदत्त फुलाराको रहेको छ । यस्तै, भिडियोमा छायाँकन केशव विश्वकर्मा, सम्पादन र निर्देशन नारायण मगरको रहेको छ । यस भिडियोलाई डिल्लीराज फुलाराले निर्माण गरेका हुन् ।
हालै सार्वजनिक भिडियोमा गौरव पहारी, पवित्रा सन्की ‘मिस पबीे’, देशभक्त खनाल, सृष्टि खड्की, हरिदत्त फुलारा ‘एचडी फुलारा’, करण शाही, सुरेश शाही आदिको अभिनय रहेको छ ।