Logo
Logo

गायिका एलिनाद्वारा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता


2.1k
Shares

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । ‘मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको छ,’ उनले भने ।

झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका थिए । एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । विवाहपछि पतिसँगै अस्ट्रेलिया गएकी एलिना दसैंअघि नेपाल फर्किएकी थिइन् । त्यसयता उनी रेकर्डिङ र मेला–महोत्सवमा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्