Logo
Logo

ताप्लेजुङबाट अवैध भरूवा बन्दुकसहित एक जना पक्राउ


315
Shares

काठमाडौं । ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका–१ निवासी ४० वर्षीय बिर्खराज राई रहेका छन् ।

राईले आफ्नै घरमा अवैध रूपमा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा आइतबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

प्रहरी निरीक्षक रवि रावल नेतृत्वको टोलीले राइको घरभित्र लुकाई राखेको भरुवा बन्दुक फेला पारेको उनले जानकारी दिए । राईमाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्