Logo
Logo

कुलमानको नियुक्तिविरुद्धको रिट न्यायाधीश रेग्मी र ढुंगानाको इजलासमा


3.2k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमा अन्तिम सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

सरकारले २०७८ साउन २४ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यलाई हटाउँदै कुलमान घिसिङलाई नियुक्ति सिफारिस गरेपछि सरकारको निर्णयलाई चुनौती दिँदै उनी सर्वोच्च पुगेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई २७ माघ २०७७ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

तर, ओली सरकार ढलेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनेलगत्तै शाक्यलाई हटाएर घिसिङलाई नियुक्ति दिइएको थियो । सर्वोच्चले आज सुनुवाइ गरी फैसला गरेमा कुलमानको दोस्रो पटक भएको नियुक्तिको संवैधानिकताबारे व्याख्या गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्