काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झिँगा होइन मौरीसँग संगत गर्न युवालाई सुझाव दिएका छन् । उनले कहिल्यै पनि गलत संगतमा नलाग्न आग्रह गर्दै यस्तो सुझाव दिएका हुन् ।

काठमाडौंको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा सोमबार आयोजित युवासँगको अन्तक्रियात्मक कार्यक्र्मलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘झिंगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने’ र ‘मौरीको संगत गर्दा फूलबारीमा पुगिने’ सधैं हेक्का राख्नुपर्ने बताए ।
उनले भने, ‘गलत संगतमा कहिल्यै नजानुस् । गलत, ठिक छैन भन्नेबित्तिकै छाडिदिनुस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ । झिंगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डंगुरमा पु¥याउँछ । त्यसकारण फोहोरको डंगुरमा झिंगाको साथ लाएर जान हुँदैन ।’
जुनसुकै काम गर्दा पनि आफूले ठिक गरिरहेको छु वा छैन भन्नेकुरा ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । त्यसैले काम सुरु गर्दा नै त्यसको परीक्षण गर्नुपर्ने बताउँदै उनले यदी उक्त काम बेठिक छ भए तुरुन्तै छाडिदिन युवालाई आग्रह गरेका छन् ।