Logo
Logo

प्रहरीका ३७ एसपीको पदस्थापन, को-कहाँ ? (सूचीसहित)


2.1k
Shares

काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ । बढुवा भएर आइतबार मात्रै दज्र्यानी चिन्ह लगाएका ३७ एसपीलाई पदस्थापनको निर्णय गर्दै प्रहरी महानिरीक्षकले केहीलाई काजमा खटाउने निर्णय गरेका हुन् ।

पहिलो नम्बरमा बढुवा भएका एसपी कुलदिप चन्दलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । तर उनलाई काजमा जिल्ला प्रहरी परिसर काठमाडौँमा खटाउने निर्णय भएको छ । योगेन्द्र सिंह थापा सरुवा भएकाले उनको स्थानमा चन्दलाई काजमा खटाइने भएको हो ।

त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोहर प्रसाद भट्टलाई जिम्मेवारी दिइएको छ । उनको पदस्थापन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा गर्ने निर्णय भएको छ । महेन्द्र कुमार श्रेष्ठको स्थानमा भट्टलाई काजमा खटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी, दीपक गिरी ट्राफिक प्रहरी कार्यालय, युवराज खड्का सीआईबी र नवीन कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएका छन् ।

पदस्थापन सूचीः

प्रतिक्रिया दिनुहोस्