Logo
Logo

सरकारविरुद्ध मोर्चा बनाएका होइनौं : रेशम चौधरी


1.3k
Shares

काठमाडौं ।  मधेश केन्द्रित आठ राजनीतिक दलले आफूहरूले बनाएको मोर्चा सरकारविरुद्ध नभएको बताएका छन् ।

सोमबार बसेको आठ दलीय कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानीमा नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशमलाल चौधरीले भने, ‘धेरैलाई यहाँ सरकारविरुद्धको बैठक भनेर धेरै अभिव्यक्ति आइरहेका छन् । त्यस्तो होइन ।’

त्यस्तै, उनले समान मुद्दा भएका दलहरूले संसद् र सरकारमाथि कसरी आफ्ना मुद्दालाई अघि बढाउने भनेर कार्यदल बनाइएको भन्दै भने, ‘समान मुद्दा भएका राजनीतिक दलहरूको आठ दलीय कार्यदलको एउटा मोर्चा बनेको छ । यसले विशेषतः समान मुद्दालाई संसद् र सरकारसमक्ष कसरी उठाउने भनेर बनेको कार्यदलले विगतमा भइआएका घटनालाई राज्यले हेर्ने दृष्टिकोण, अहिलेसम्म पनि किनारा नलागेको अवस्थामा आजको बैठकमा छलफल भयो ।’

बैठकमा नागरिक उन्मुक्तिले टिकापुर घटनामा राज्य पूर्वाग्रही देखिएको र झुटा मुद्दा लगाउने काम भएको जनाएको थियो । त्यस्तै लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो एजेन्डा बनाउन आग्रह गरिएको चौधरीले जानकारी दिए ।

बैठकमा अध्यादेशको विषय, मोर्चाको नाम लगायतका विषयमा पनि छलफल भएको उनले बताए । मधेश केन्द्रित ८ राजनीतिक दलले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गरेको हो । 

प्रतिक्रिया दिनुहोस्