Logo
Logo

पूर्वउपराष्ट्रपति पुनलाई उत्पादन क्षेत्र हेर्ने संयन्त्रको प्रमुख बनाउने माओवादीको निर्णय


3.4k
Shares

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीको परिभाषित जिम्मेवारी दिने निर्णय गरेको छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको माओवादी पदाधिकारी बैठकले पार्टीको पदाधिकारी बैठकले पासाङलाई उत्पादन क्षेत्र हेर्ने संयन्त्रको प्रमुख बनाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाले भने, ‘उहाँको चाहना अनुसार उत्पादन क्षेत्र हेर्नेगरी संयन्त्र बनाउने र त्यसको प्रमुख रहनेगरी जिम्मेवारी दिइएको छ । पदाधिकारीकै हैसियत पाउनु हुने हो, निर्णय मात्र नभएको हो । यसपटक हामीले पार्टीको घोषित जिम्मेवारी दिएका छौं । अरु निर्णय विस्तारै हुन्छ ।’

पुन माओवादी केन्द्रको बैठकहरुमा यसअघिबाटै सहभागी हुन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्