Logo
Logo

बेलायतका राजकुमार भोलि नेपाल आउँदै


3.3k
Shares

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड मंगलबार (भोलि) श्रीमतीसहित नेपाल भ्रमणमा आउने भएका छन्।

एडवार्ड श्रीमती सोफियासहित दिउँसो नेपाल भ्रमणमा आउन लागेको सुरक्षा स्रोतले जानकारी दियो । उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई–बुहारी हुन् । उनीहरू दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेका हुन् ।

गृह मन्त्रालयका अनुसार नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।

राजकुमार एडवार्ड र उनको टीमको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीको पीएसओ परिचलन गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्