Logo
Logo

पाथीभरा केबलकार विवादः सरकार र आन्दोलनरत पक्षबीच आज पुनः वार्ता हुँदै


378
Shares

काठमाडौं । पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठित सरकारी र आन्दोलनरत पक्षबीच आज पनि वार्ता हुँदैछ । सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिचको वार्ता सकारात्मक भएपछि आज पुनः वार्ता हुने भएको हो ।

आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले आज बिहान ११ बजेबाट पुनः वार्ता सुरु हुने बताए । उनले हिजोको वार्तामा आफूहरूले तत्कालका लागि तीन माग राखेको बताए ।

जसमा केबलकार निर्माण कार्य तत्कालका लागि स्थगित गरिनुपर्ने, अर्को वार्ता समूहलाई स्थगन गर्ने, पक्राउ परेका सबैलाई छाड्ने र बाँकी घाइतेहरूको उद्धार गरिनुपर्ने उनीहरुको माग छ । तर त्यो कुरामा सरकारी पक्ष सहमत नभएको संयोजक तुम्याहाङले बताए ।

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

भट्टराईको संयोजकत्वमा वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन् ।

यता, आन्दोलनरत पक्षले पनि वार्ता सहजीकरण समिति गठन गरेको छ । सोमबार प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता सहजीकरण समिति गठन गरिएको हो । समितिको सदस्यमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सह) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्