Logo
Logo

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले चयन


441
Shares

काठमाडौं । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्ष पदमा स्याङ्जाका अर्जुन काफ्ले निर्वाचित भएका छन् । पोखरामा सम्पन्न तेस्रो अधिवेशनबाट उनी दोस्रोपटक सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् । यसअघि पनि काफ्ले नै अध्यक्ष थिए ।

खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला उपाध्यक्षमा सविना राना सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य विभु भुसालले जानकारी दिए ।

महासचिवमा गुणबहादुर रोका, सचिव (दलित) सानेबहादुर नेपाली, जनजाति सचिवमा दानबहादुर गुरुङ, सचिवमा सुरेश अधिकारी, खुला सचिवमा अग्निधर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा सविता शर्मा, सन्तोष परियार, राजकुमार छत्कुली, राजबाबु पिसी, बिमल आचार्य, फणिन्द्र अधिकारी, रवि दाहाल, लक्ष्मण दङ्गाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्