
काठमाडौं । बेलायतका राजकुमार एडवार्ड आज (मंगलबार) श्रीमतीसहित नेपाल भ्रमणमा आउँदैछन् । उनी एडवार्ड श्रीमती सोफियासहित बिहान साढे १० बजे नेपाल भ्रमणमा आउन लागेका हुन् ।
उनीहरू बेलायती राजा चाल्र्स तृतीयका भाई–बुहारी हुन् । उनीहरू दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेको सुरक्षा स्रोतले जानकारी दियो ।
गृह मन्त्रालयका अनुसार बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।