Logo
Logo

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला फागुन पहिलो साता काठमाडौंमा हुने


567
Shares

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले फागुन पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ । पदाधिकारी बैठकले फागुन ४ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । त्यसअघि फागुन ३ गते केन्द्रीय समिति बैठक बस्नेछ । हाल संगठनको केन्द्रीय कमिटीमा रिक्त भएका अध्यक्षलगायतका पदहरूको पदपूर्ति केन्द्रीय कमिटीले गर्ने र सोको अनुमोदन राष्ट्रिय भेलाले गर्ने छ ।

केन्द्रीय समिति बैठक र राष्ट्रिय भेलाको तयारीका लागि कार्यवाहक अध्यक्ष नवराज छत्कुलीको संयोजकत्वमा मूलव्यवस्थापन समिति गठन गरिएको छ । समितिमा उपाध्यक्षहरू अस्मिता गिरी, बुद्धवीर राई, सविन शर्मा, कार्यवाहक महासचिव प्रेम गौतम, उपमहासचिवहरू लेखनाथ शिकारू र प्रतिज्ञा मगर तथा सचिवहरू अनिल शाही, पूर्णबहादुर कार्की, प्रदीप नेपाली र कान्ति न्यौपाने सदस्य छन् ।

त्यस्तै राष्ट्रिय भेलामा केन्द्रीय सल्लाहकार, केन्द्रीय कमिटी, केन्द्रीय आयोग, प्रदेश कमिटीका पदाधिकारी र जिल्ला अध्यक्ष वा तोकिएको प्रतिनिधि सहभागी हुनेछन् । सांगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदन लेखनको संयोजकमा कावा महासचिव गौतम र सदस्यहरूमा उपमहासचिवहरू लेखनाथ सिकारू र प्रतीज्ञा मगर छन् ।

भेलाले संगठनको विधान संशोधनसमेत गर्नेछ । संस्थापक महासचिव भूपराज खड्काको संयोजकत्वमा कार्यवाहक छत्कुली र उपाध्यक्ष तीर्थ सिग्देल रहेको विधान मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिले केन्द्रीय कमिटी बैठक र राष्ट्रिय भेलामा विधानको मस्यौदा पेश गर्ने छ । केन्द्रीय समिति बैठक र राष्ट्रिय भेला सफलतापूर्वक सम्पन्न गर्न प्रदेशस्तरीय जिम्मेवारीसमेत तोकिएको छ ।

कोशीमा उपाध्यक्ष तीर्थ सिग्देल, उपमहासविच लेखनाथ सिकारू, सचिव शिव ढुंगाना र प्रदेश अध्यक्ष बन्धु पोखरेल, मधेशमा उपाध्यक्ष सुभाषप्रसाद साह, सचिव ब्रृजलाल पासवान, प्रदेश अध्यक्ष प्रवीण साह र सल्लाहकार प्रकाश खतिवडा, बागमतीमा उपाध्यक्ष ध्रुव रायमाझी, सचिवहरू कान्ति न्यौपाने र प्रदीप नेपाली, उपत्यकामा उपाध्यक्ष कृष्णराज गौतम, सचिव पूर्णबहादुर कार्की (बद्री), प्रतिष्ठानमा उपाध्यक्ष सविन शर्मा, सचिवालय सदस्य धनवीर दाहाल, सल्लाहकार भूपराज खड्कालाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, गण्डकीमा उपाध्यक्ष श्रीराम सिग्देल, प्रदेश अध्यक्ष गणेश पौडेल, सचिवालय सदस्य गोविन्द सुवेदी, सदस्य आदित्य रसाइली, लुम्बिनीमा उपमहासचिव प्रतीज्ञा मगर, सचिवालय सदस्य÷प्रदेश अध्यक्ष हृदय भुसाल, सदस्यहरू दीपक अनुरागी र विनोद परियार, कर्णालीमा उपाध्यक्षहरू अस्मिता गिरी र अनन्त बराल, प्रदेश अध्यक्ष दीपक बुढाक्षेत्री, सचिवालय सदस्य धनराज बास्तविक, सुदूरपश्चिममा उपाध्यक्ष नरेन्द्र भट्ट, सचिव अनिल शाही र प्रदेश अध्यक्ष हिम्मतसिंह ठकुरीलाई समन्वयको जिम्मेवारी दिइएको छ ।

हल व्यवस्थापन संयोजनको जिम्मेवारी उपमहासचिव सिकारू र व्यवस्थापनको जिम्मेवारी समाजवादी प्रेस संगठन काठमाडौंलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्