Logo
Logo

स्याङ्जामा ८ जना सवार स्कार्पिओ पल्टियो, ५ जना घाइते


1k
Shares

काठमाडौं । स्याङजामा आठ जना सवार स्कार्पिओ दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । मंगलबार बिहान वालिङबाट सिरबानीतर्फ जाँदै गरेको ग.१ च. ८९१३ नम्बरको स्कार्पियो तमादीस्थित वालिङ–पर्वत कच्ची सडकमा दुर्घटना भएको हो ।

गाडी सडकबाट करिब ४ मिटर तल खरेर दुर्घटनामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार घाइते पाँच जनाको प्राथामिक स्वाथ्य्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।

घाइते हुनेमा स्याङ्जाको वालिङ–१४ घर भएका ६३ वर्षीय उमापति डुम्रे, सोही ठाउँका ५२ वर्षीय भिमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वतको पैयुँ गाउँपालिका– ६ हुवासकी ३३ वर्षीया कुमाकला तिवारी र उनका छोरा ११ वर्षीय कमल तिवारी छन् । गाडीमा सवार अन्य तीनजना भने सकुसल छन् । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्