Logo
Logo

प्रेस काउन्सिलका अध्यक्षकै अगाडि डिएसपीद्वारा धम्की


- दृष्टि न्युज/संवाददाता



बाजुरा, १३ माघ ।
बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धवसिंह भाटले पत्रकारलाई धम्की दिएका छन् । प्रेस काउन्सिल नेपालले बाजुरामा गरेको एक कार्यक्रममा डिएसपी भाटले स्थानिय रेडियो पौरखीलाई बन्द गर्ने धम्की दिएका हुन् ।


काउन्सलिका अध्यक्ष किशोर श्रेष्ठकै सामु भाटले रेडियो पौरखीलाई तहसनहस गर्ने र रेडियोसँग आवद्ध दयाराम पण्डितलाई मानसिक डर त्रास पत्ररकाहरुले बताएका छन् । माघ ११ गते विहान प्रेस काउन्सील नेपालको आयोजनामा पत्रकारिता आचारसंहिता विषयक मिडिया बहस कार्यक्रममा आएका भाटले पौष १७ गते सदरमुकाम मार्तडीको सडक निर्माणमा सांसदको अबरोध भन्ने बिषयमा प्रसारित समाचारलाई आधार बनाएर धम्काइएको बताइएको छ ।
जतिवेला पनि पक्राउ गरेर मुद्दामा फसाउन सक्छु भनेर डिएसपी भाटले धम्काएको पत्रकारहरुको आरोप छ ।
डिएसपी भाटले भने गलत समाचार लेख्ने र बार्गेनिङ गर्ने पत्रकारहरुलाई कारबाही गर्नुपर्ने कुरा आफुले सो कार्यक्रममा राखेको तर कसैलाई नधम्काएको बताएका छन् । सडक विस्तारका क्रममा प्रहरी खटिनु आफूहरुको जिम्मेवारी नै भएपछि त्यसलाई अतिरञ्जित गरिएको प्रहरी अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्